भरूवा बन्दुकसहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 13 | 02:12 pm 1523

बाग्लुङ, जेठ ३०ः ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय टंक बहादुर रोका, ३७ वर्षीय होम बहादुर रोका, २९ वर्षीय खिमानन्द कडेंल र ४९ वर्षीय बम बहादुर घर्ती रहेका छन् ।

उनीहरुले घरमा अवैध रुपमा हातहतियार खरखजना लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर हातहतियार तथा खरखजना मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.