गोरखा, जेठ १०ः अवैध भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धार्चे गाउँपालिकाका वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उनका छोरा २० वर्षीय नोउबहादुर घले रहेका छन् ।
उनीहरूलाई धार्चे गाउँपालिका–६ नउ वनको भेडी गोठबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले उक्त सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।