म्याग्दी, पुस २० : अवैध रुपमा राखेका भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मंगला गाउँपालिका–३ झाक्रेपानीका ५४ वर्षीय तिर्थलाल छन्त्याल, ३३ वर्षीय टेकेन्द्र छन्त्याल र ३२ वर्षीया टुकमाया छन्त्याल रहेका छन् ।
मंगला गाउँपालिका–५ किमचौरका ६३ वर्षीया लिलामति बुढाथोकीको घरमा गत सोमबार साँझ चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरुलाई खोजी गर्नेक्रममा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उक्त हतियारसहित पक्राउ गरेको छ ।
उनीहरुलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।