काठमाडौं, पुस २४ : काठमाडौं महानगरपालिका–३१ भिमसेन गोला घर भएका ४७ बर्षीय नविन विक्रम शाही र ३८ वर्षीय विजय विक्रम शाहीलाई १२ बोल्डको २ नाले भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलिले काठमाडौं कागेश्वरी मनहरा नगरपालीका–६ मुलपानी एरियामा शिकार खेलिरहेका उनीहरुलाई १० वटा मारेको परेवा सहित पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।