भरुवा बन्दुक सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 27 | 06:55 pm 1696

मोरङ, साउन ११:  अवैध भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–५ जहदा का २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराज रहेका छन् । उनीहरुलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृती सामुदायिक वन, अस्थायी प्रहरी चौकी कानेपोखरी, ईलाका वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.