मोरङ, पुस ६ : पथरी शनिश्चरे नगरपालिका–१ को ३९ वर्षीय प्रकाश भन्ने रत्नबहादुर धिमाललाई भरुवा बन्दुक १ थान, बारुद केही छर्राहरु तथा भाले जातको मारेको चितल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
नगारपालिकास्थित मनकामना सामुदायिक वनमा सिकारीहरुले चितल मारेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।