भरुवा बन्दुक र मरेका कालिज सहित दुई पक्राउ

| 2019 Oct 27 | 05:09 pm 2026

काठमाडौं, कात्तिक १०: शंखरापुर नगरपालिका १ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शंखरापुर नगरपालिका १ नाङ्लेभारे बस्ने ३३ वर्षीय जिवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक, मरेको कालिज ३ वटा, खुकुरी १ थान, टर्चलाईट ५ थान र बारुद तथा कच्चापदार्थ अन्दाजी २ सय ग्राम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.