भरुवा बन्दुक प्रहार गरी श्रीमतीको हत्या गर्ने मगर पक्राउ

| 2023 Aug 02 | 05:05 pm 2489

तनहुँ, साउन १७ । साधारण घर विवादमा भरुवा बन्दुक प्रयाेग गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक अभियुक्तलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ व्यास नगरपालिका स्वामी चाैतारामा बस्ने ५६ वर्षीय श्री प्रसाद आले मगरले राती ११ बजे श्रीमती गीता आले मगरलाई बन्दुक प्रयोग गरी गम्भिर घाइते बनाएकोमा उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक माेहन बहादुर खाँणले जनाएका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी घट्नास्थल पुगी भरुवा बन्दुक सहित अभियुक्त आलेलाई पक्राउ गरिएको पनि जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.