भरुवा बन्दुकसहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 02 | 01:49 pm 1658

दाङ , माघ १९ : दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । राप्ती गाउँपालिका–१ पाखापानी निवासी कासीराम कुमालको घरमा गए राति आगालागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.