भरुवा बन्दुकसहित चार जना पक्राउ

| 2021 Jan 23 | 05:12 pm 2957

डोटी, माघ १०ः पूर्वी चौकी गाउँपालिका-१ मल्लो फुलोटबाट २ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २३ वर्षीय गोबिन्द खड्का समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट, ५९ एम्पुल डाइजेपाम, ५९ एम्पुल फेनारगन र ५९ एम्पुल नुर्फिन सहित सर्लाही धनकौल गाउँपालिका-२ घर बताउने २१ वर्षीय मोहम्मद शेष ईन्ताजलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५३६० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरकाे मनहरी गाउँपालिका-७ मनहरी बजारबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-४ देउतिस बस्ने २१ वर्षीय रवि प्रजालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.