बारा, जेठ ३० । सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बरको स्कारपिओ नियन्त्रणमा लिएको छ ।
प्राप्त समाचार अनुसार बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको स्कारपिओ भन्सार महसुल नतिरी चलाएकोमा उक्त गाडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
