भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ 

रिपोर्ट नेपाल | 2019 Jan 13 | 03:42 pm 1618

काठमाडाै‌ँ, पुस २९ :महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका श्रेष्ठसँग सुनका चुरा पाँच थान र रु ४१ हजार बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व विभाग हरिहर भवन पठाइएको परिसरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.