भन्सार छली लुकाएर राखेको हार्डवेयर तथा कपडाहरू बरामद

रिपोर्ट नेपाल | 2018 Aug 10 | 02:51 pm 2280

कैलाली, साउन २५ : भन्सार छली गरेर लुकाएर राखेको हार्डवेयर तथा कपडाहरू सशस्त्र प्रहरीले बरामद गरेको छ । शुक्रबार बिहान धनगढी उपमहानगरपालिका-१० घुईयाघाट, सालघारीबाट हार्डवेयर तथा कपडाहरू बरामद गरेको हो ।

स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा करिब ३ लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेसिन, झया्लढोकाका चुकुलहरू, धाराको टुटी लगायतका हार्डवेयर, साइकल-मोटरसाइकलका टायर, ट्युब लगायत लत्ताकपडाहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.