वीरगंज, असोज २८ । पर्सा प्रहरीले भन्सार छलि गरि ल्याएको कम्प्युटर ,ल्यापटप तथा कम्प्युटरका पार्टसहरु बरामद गरेको छ।
वीरगन्जको ५ नम्बर वडा स्थित रहेको एडी कम्प्युटर सप्लायर्सको घरबाट भन्सार छलि गरि भित्राएको कमप्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले एडी कम्प्युटर सप्लायर्सका संचालक अजय सिंहले आफ्नो घरको भुई तल्लामा भन्सार छलि गरि अवैधरुपले उक्त सामानहरु ल्याई भण्डारण गरि राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा कम्प्युटर, ल्यापटप र ईलेक्ट्रोनिक्स सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।
पक्राउ परेको करिब ५१ लाख २६ हजार ७ सय रुपैयाँ बराबरको कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरु भन्सार छली गरी ल्याएको हुँदा प्रज्ञापन तथा बिल बिजक नरहेकोले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।