बारा, मंसिर ११ः भन्सार छलीगरी ल्याएकाे ११ लाख बराबरको पिकअप गाडी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा सडकबाट उक्त गाडी पक्राउ गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको यूपी ५२ टी–१६४७ नम्बरको पिकअप गाडीलाई लुकाई छिपाई राखेको बेवारीसे अवस्थामा फेला पारी बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय वीरगंज बुझाइएको प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
भन्सार छलि गरेको रासायनिक मल सहित ट्रक चालक पक्राउ
सुनसरी, कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल सहित बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकका चालक भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको उक्त मुल्य बराबरको मल फेला पारी ट्रक सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको छ ।