बर्दिया, असोज १० । भारतबाट भन्सार छलि चाेरी पैठारी गरी विभिन्न सामानहरु ल्याउने कार्यहरु दिनानु दिन बढीरहेको छ । खुल्ला सिमाना भएका कारण बर्दीया जिल्ला पनि त्यसबाट अछुतो रहन सकेको छैन ।
बर्दिया गुलरिया नगरपालिका-११ लालपुर स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी १ लाख ३८ हजार बराबरका SERVO मोबिल र सुर्तिजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
त्यस्तै प्रहरी चौकी खैरापुर “क” बाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-०७ गुलरिया गाउँ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईरहेको अन्दाजी मुल्य रू. १३ हजार १ सय २९ बराबरका सुर्तिजन्य पदार्थ र सो कार्यमा प्रयोगमा ल्याईएको अन्दाजी ५० हजार बराबरको भे ५ प ७२९२ नम्बरको मोटरसाईकल सहित १ जना मानिसलाई नियन्त्रणमा लिईएको जनाइएको छ ।
साथै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्दिया गुलरिया नगरपालिका-०८ भादा स्थितबाट अन्दाजी ४८ हजार बराबरको DTS-I लेखिएको मोबिल बरामद गरी सामान सहित नियन्त्रणमा लिईएको मानिस समेतलाई आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जनाएका छन् ।