भन्सार छलीका अवैध औषधीसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 08 | 05:51 pm 1996

बारा, पुस २३ः अवैध रुपमा ल्याएका भन्सार छलिका औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ का ४५ वर्षीय जितेन्द्र साह रहेका छन् ।

उनलाई मंगलबार अपरान्ह कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा नहर चोकमा प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भारत आदापुरबाट नेपाल तर्फ आएको ना २९ प ८१९२ नं को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक साहलाई भन्सार छलिगरी ल्याएका विभिन्न किसिमका अवैध औषधीहरु लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।

बरामद औषधीसहित साहलाई आवश्यक कारबाहीका लागि औषध व्यवस्था विभाग वीरगन्ज पठाईएको छ ।

औषध व्यवस्था विभाग वीरगन्ज पर्साले साहमाथि अनुमति बिना औषधी ओसार पसार मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.