भन्सार छलि ल्याएका विभिन्न आयुर्वेदिक औषध सहित १० जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 31 | 08:48 pm 1986

बर्दिया, भदौ १४:  ठाकुरबाबा नगरपालिका-१ बस्ने राम प्यारी थारु समेत गरी १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका-५ बाट उक्त आयुर्बेदिक औषधी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.