काठमाडौं, पुस १९ः भन्सार छलि लैजान लागेका विभिन्न सामान प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
शनिबार काठमाडौं धापासी बस्ने २७ वर्षीय जस बहादुर राईले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ्ग एरिया आई हिमालयन एयरलाइन्सको उडानद्वारा मलेसियाबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई कफि १० किलो, लेडिज ब्याग ६ थान र रेडिमेट लेडिज कपडा १५ थान समेतको जम्मा अन्दाजी १ लाख ५० हजार बराबरका सामान बरामद गरेको हो ।
अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त सामान प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।