बारा, माघ २४ : भन्सार छलिगरी ल्याएको ठूलो मात्रामा अवैध सामान प्रहरीले बरामद गरेको छ । विभिन्न स्थानबाट भन्सार छलि, चोरी पैठारीगरी भारतबाट नेपाल ल्याएका करिब ४,२०,०००।बराबरको विभिन्न किसिमको तयारी तथा थान कपडाहरु, सुर्ति, मोटरसाइकलका पार्टस, किराना मालसमान बेवारिसे अवस्थामा प्रहरीले फेलापारेका हन् ।

उक्त सामान कार्यालयमा पेश गरी आज बिहिबार भन्सार ऐन अनुसार थप कारबाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको छ ।