भन्सार छलिका सामानसहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 11 | 06:31 pm 2899

धनुषा , चैत २८ : जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट भन्सार छलिका सामानसहित ३ जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–८ स्थित पिडारीचोकबाट गुट्खा ९ बोरा, दोफुल तेल ६० लिटर सहित सोही उपमहानगरपालिकाका ४० बर्षीय सिया किशोर साह र दाङ त्रिपुर नगरपालिका–६ का २२ बर्षीय वालकृष्ण पाण्डेलाई पक्राउ गरेको छ ।

भारतबाट भन्सार छलि गरी उक्त परिमाणको सामानहरु ल्याउदै गरेको अवस्थामा फेला पारी साह र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले धनौजी गाउँपालिका–४ बाट भारततर्फ लैजान तयार पारी राखेको ८ बोरा मरिज बेवारिशे अवस्थामा फेला पारी बरामद गरेको छ ।

यसैगरी प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी टोलीले धनौजी गाउँपालिका–४ स्थित नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको करिब १ लाख ४१ हजार मूल्य बराबरको स्याउ सहित जनकपुर उपमहानगरपालिका–२३ बस्ने २२ बर्षीय प्रदिप ठाकुरलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको ज १ च १६६९ नम्बरको पिकअप बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको स्याउ फेला पारी चालक ठाकुरलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.