भन्सार छलिका समानसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 28 | 11:10 pm 1878

  • महेश सिंह महतो

सिरहा, असार १३:  विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलिगरी ल्याएका विभिन्न समानहरु शुक्रबार प्रहरीले बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा जिल्ला औरही गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय सुरेन्द्र यादव रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएका प्रहरीले सिरहाको औरही गाउँपालिका ५ मा भारतबाट भन्सार छलि गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा स २ प ९२८७ नम्बरको मोटरसाईकल र ८२ हजार बराबरको समान सहित पक्राउ परेका हुन् ।

त्यस्तै सिरहा नगरपालिका २१ लगडीगोठ स्थित प्रहरी चौकीले २ वटा साईकलमा भन्सार छलि गरी समान ल्याउदै गरेको करीब १५ हजार छ सय मुल्य बराबरको समान बरामद गरेका छन् ।

प्रहरीलाई देखेपछि तस्करी साईकल छोडि भागेका थिए । तस्करीलाई खोज तलास जारी रहेको प्रहरीले जनाएका छन् ।

त्यसैगरी सिरहा नगरपािलका ७ ट्राफिक चौकबाट प्रहरी टोलिको चेकिंग गर्ने क्रममा जिल्ला सिरहा सुखिपुर नगरपालिका ५ दहिपौडिकी ३५ वर्षीया विनिता साहलाई प्रहरीले पक्राउ गरेका छन् ।

करीब ५० हजार मुल्य बराबरको विभिन्न भन्सार छलिका सामान बरामद गरी पक्राउ गरेको प्रहरी बताएका छन् ।

सम्पुर्ण बरामद गरीएका सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाउने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.