भन्सार छलिका कपडा बरामद

रिपोर्ट नेपाल | 2019 Sep 02 | 10:31 pm 1848

बारा, भदौ १६: सोमबार बिहान २ बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सडकमा भारतबाट भंसार छली चोरी पैठारी नेपाल भित्र्याएको अन्दाजी मुल्य ८ लाख बराबरको बिभिन्न रेडिमेड कपडाहरु बरामद गरेको हो ।

उक्त बरामद कपडाहरु भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि सोमबारै मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.