भतिजोको बञ्चरो प्रहारबाट काकाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 06 | 01:10 pm 1852

कञ्चनपुर, फागुन २२ : जग्गाको विषयमा विवाद हुँदा भतिजोले काकालाई बन्चरो प्रहार गर्दा काकाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजो शिव लुहारले काका गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरो प्रहारपछि सक्त घाइते भएका काका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकोमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए ।

हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.