भतिजालाई गोली हानेपछि आफ्नै ज्यान लिए

रिपोर्ट नेपाल | 2022 Oct 19 | 08:04 am 1437

झापा, कात्तिक २ः झापाको गौरादह–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफैले चलाएको गोली लागेर स्थानीय बीरेन साहको मृत्यु भएको हो । आत्महत्या गरेका वीरन साह भगौडा प्रहरी हुन् ।

मंगलबार साँझ भएको घटनामा साहका १३ वर्षका भतिजा घाइते भएका छन् । उनको कम्मरमुनि गोली लागेको छ । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेनदेनको विवादमा बीरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले घटनापछि गाउँमा त्रास छाएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.