भक्तपुरमा पनि डेंगू फेला, अस्पतालका कर्मचारीसिहत १० जनामा संक्रमण

| 2019 Aug 31 | 03:11 pm 2551

भक्तपुर, भदाै १४:  भक्तपुरमा पनि डेंगू राेग फेला परेकाे छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगूको संक्रमण फेला परेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रविभूषण सुवालले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा डेंगूको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकू अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगूको संक्रमण देखिएको बताए।

अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगू पुष्टी भएको उनको भनाइ छ। ‘हामीकहाँ कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगू भएको पुष्टी भयो’, डा.सुवालले भने,‘हामीकहाँ परिक्षण गराएका १८ जनामध्ये हाम्रै एक कर्मचारीसहित चारजनामा डेंगू देखियो।’

डा.सुवालका अनुसार दुईजनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा उपचार भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गत वर्षको तुलनामा यस वर्ष डेंगू संक्रमण बढेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.