भक्तपुरमा कांग्रेस २४ सय मतले अगाडि

| 2019 Dec 01 | 09:32 am 2873

काठमाडौं, मंसिर १५ : । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५  ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् ।

कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो । मतगणना हुन बाँकी वडाहरुको अघिल्लो परिणाम हेर्दा कांग्रेस उम्मेदवार भडेलको जीत निश्चित देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.