भक्तपुरमा एक बालिका आफ्नै कोठामा बलात्कृत, अर्की बालिकामाथि बलात्कारको प्रयास

रिपोर्ट नेपाल | 2018 Sep 14 | 06:42 pm 2454

भक्तपुर, २९ भदौ : भक्तपुरमा एकैदिन एक जना बालिका बलात्कृत भएकी छिन् भने अर्की बालिकामाथि बलात्कारको प्रयास भएको छ । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

सोह्र वर्षीया युवतीकाे कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविनायक वडा नं २ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जीत परियारलाई पक्राउ गरेको छ ।

पीडित युवतीका परिवारले गत २७ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि महानगरीय प्रहरीवृत्त थिमिले परियारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यसैगरी १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका– २ घर भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले भदौ २७ गते आफ्नै स्टेशनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगरीय प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । दुवैपीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.