ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

रिपोर्ट नेपाल | 2018 Jun 27 | 07:39 am 3859

बेलायत, असार १३: यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मंगलबार कानूनी बाटो खुला गरिदिएको छ ।

मंगलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए ।

सभामुख जोन बर्कोले भने, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन (१९७२), जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो, ले महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ ।

विधेयकले दशकौँको यूरोपेली कानूनलाई बेलायती कानूनी कितावमा रहेको कुनैपनि वैधानिक समस्यालाई रोक्नेछ । यसले मार्च २९, २०१९ को राती ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानूनमा ‘ब्रेक्जिट ड’ेका रूपमा पनि स्थापित गर्नेछ । अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ ।

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो ।

यूरोपप्रति शङ्का व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानूनी स्वरूप पाएसँगै खुशीयाली व्यक्त गरेका छन् । तर इयूबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससँगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ ।

अन्तराष्ट्रिय व्यापार मन्त्री लायम फक्सले विधेयकले कानूनी स्वरूप पाएपछि प्रतिक्रिया दिँदै भने, विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको छ बेलायतले ‘अब इयू नछोड्ने सम्भावना शुन्य’ रहने छ ।

सत्ताधारी कन्जरभेटिभ पार्टीका इयूविरोधी चर्चित नेता तथा सांसद याकोव री–मगले गत हप्ताको अन्तमा भन्नुभएको थियो, “बेलायतको सहज बहिर्गमनका लागि अब वैधानिक अवस्था धेरै बलियो भएको छ ।”

उनले थपे, “यससँगै प्रधानमन्त्री टरिजा मे को ब्रेक्जिटका लागि हात थप बलियो भएको छ ।”

प्रधानमन्त्री पक्षधर अर्का नेता तथा सांसदले भने, प्रधानमन्त्री मे यसै हप्ता इयू सम्मेलनका लागि ‘अनुकुल अवस्थासहित’ जानेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.