सुर्खेत, फागुन ८ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा सुगरसहित ६ जनालाई पक्राउ गरेको गरेकाे हाे ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घले, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा जीप सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्की, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेल रहेका छन् ।
किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम, अमृता कार्कीको साथबाट ६ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।