ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 16 | 07:44 am 2606

काठमाडौं भदौ ३१: प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका-४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका-५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका-३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिए। पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.