ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2022 Oct 19 | 08:21 pm 1365

बर्दिया, कात्तिक २ः अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका-११ स्थायी वतन भई भारतबाट नेपालतर्फ आउँदै गरेको मोहम्मद अर्मान बक्स रहेका छन् ।

मंगलबार प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका -०२ फुटाह स्थित चेकजाँच गर्ने क्रममा शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा फेला पारी खानतलासी लिने क्रममा उनको  साथबाट ५ ग्राम ८ सय मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ, ट्रामाडोल ट्याब्लेट ५ थान  र नगद रू. ७ हजार ५ सय बरामद भएकाे थियाे ।

तत्काल उनलाई नियन्त्रणमा लिई बुधबार सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.