ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित तीन जना पक्राउ

| 2022 Aug 02 | 06:07 pm 1249

बर्दिया, साउन १७ः अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया मधुबन नगरपालिका- ५ बस्ने ललित बहादुर गुरुङ, समिर सार्की र बस्ने किरण वंशी मगर रहेका छन् ।

साेमबार बेलुका बर्दिया बढैयाताल गाउँपालिका -०८ दशगजा नजिकै ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी खानतलासी गर्दा निजहरुको साथबाट ५५० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको हाे ।

उनीहरुलाई तत्काल पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.