ब्राउन सुगरसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 14 | 11:26 am 1609

झापा, साउन २९ः झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषधि ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालक र एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरी र सिराह अमरुवा गाउँपालिका -५ घरभई हाल बिर्तामोड नगरपालिका -३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरी रहेका छन् ।

शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँच गर्दा पक्राउ परेकाे हाे ।

अटोचालक चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी, प्रतीक्षा चौधरीलाई सोधपुछ गर्दा सम्लग्नता रहेको बताएपछि उनको डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ ।

हाल दुबैलाई आवश्यक कारवाहीका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.