ब्राउन सुगरसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 20 | 07:22 am 2090

कञ्चनपुर, बैशाख ८ः  जिल्लाकाे दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका ३ बाट ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका- १ का २३ वर्षीय दीपक चाैधरी र साेही ठाउँका २५ वर्षीय वीरेन्द्र चाैधरी रहेका छन् ।

सशस्त्र प्रहरी झिलिमिलाबाट खटिएको गस्ती टोलीले १ ग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र भण्डारीले जानकारी दिए ।

उनीहरुलाई माेटरसाइकलसहित पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाइने बेलडाँडी प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.