ब्राउन सुगरसहित चारजना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 01 | 08:16 am 1693

सिरहा, कात्तिक १५: जिल्लाको नरहा गाउँपालिका–३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २० वर्षीय रोशनकुमार यादव, सञ्जितकुमार यादव, १८ वर्षीय सञ्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजारका चार युवकलाई एक हजार १ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

ती युवकहरुको साथबाट प्लाष्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गर्ने स ५ प ३६०३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। उनीहरुलाई आवश्यक कारबाही प्रकृया अगाडि बढाइने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.