गुल्मी, जेठ १: ब्युटीफुल कफि नेपालको बार्षिक प्रगति समिक्षा कार्यक्रम तम्घासको निलगिरी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष निलाकण्ठ गौतमको अध्यक्षतामा गुल्मी जिल्ला संयोजक अशोक थापाले बार्षिक प्रगति प्रस्तुत गरेका थिए ।
गोष्ठीमा कार्यक्रम लागु भएका स्थानहरुका वडा अध्यक्षहरु, कृषकहरु र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रममा कफी बिरुवामा लाग्ने रोग र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा छलफल भएको थियो ।
जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादु्र थापाको प्रमुख आतिथ्यतामा दिल बहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भाष्कर ज्ञवालीले गरेका थिए ।
साना सिंचाई आयोजनाको लागि पानीको श्रोत सहज रुपमा प्राप्त नहुनु र व्यवस्था भए अनुसार सबैलाई समेटन नसक्नु, कफिमा दिएको तालिम अनुसार फिल्डमा किसानहरुले अबलम्बन नगर्नु तथा न्यून रुपमा मात्र हुनु, कफिको नर्सरीलाई चाहे अनुसार व्यवस्था गर्न नसक्नु,नयाँ बिरुवाहरुको मृत्युदर २० देखि २५ प्रतिशत सम्म हुनु, कफिमा गवारो संगै सिन्दुरे रोगहरु पनि देखा पर्नु र हालको नयाँ संरचनामा आवश्यक समन्वय गर्न प्रयाप्त श्रोत व्यवस्थापन गर्न नसक्नु चुनौतीको रुपमा लिइएको छ ।