गंगा रावत (सागर)
अध्यक्ष क. प्रचण्डकै नेतृत्वको विभिन्न कालखण्डका आन्दोलनले जन्मदिएको संघीय लोकतान्त्रिक ब्यवस्थाकै फुलबारीको अधिकार उपभोग गर्दै, प्रतिबद्धताहरु बाड्दै, मन जित्दै र मत बटुल्दै बिजयी बनि फुले देशैभर स्वतन्त्र केही फुलहरु । जनताको अवस्था परिवर्तनकै निम्ति जुट्छु र राम्रो गर्छु भन्नेहरुनै जनमतद्वारा बिजयी बन्न हामी लडि ल्याइएको थियो र हो यो ब्यवस्था ! तर यथास्थितिका अवस्थाले जन्माएका निरासाका माहोल बिच केही बालेनका जितहरुको चर्चा हुँदै/गरिदै गर्दा राजधानिको सडकमा पोखिएको श्रमिकका मकैहरुले प्रश्नहरु जन्माइदिएको छ।

हो ब्यवस्थाको आँखामा त्यो मकै थियो, मात्र केही दर्जन हरियो मकै । तर अवस्थाको आँखामा अलपत्र परिवार, महिनौ देखि भाडा तिर्न नसकेको भाँडावाल जिवन, गोजिमा कोचीएको ताकेता सहितका बालबच्चाका तिर्नुपर्ने स्कुले बिल अनि बर्षौ पुरानो च्यात्तिएको मैलाधैला कपडामा सपना टालटुल पार्ने योजनासहित मकै पोल्दैगरेकी महिला । आज बालेन जिताउने त्यहि ब्यवस्थाले तिनै श्रमिक महिला लछार पछार गरी अवस्था सडकमै पोखिदिएको छ । परिवर्तनका निम्ति ब्यवस्थाको सदुपयोग गर्ने जनमत बिरुद्ध महानगरकाे दमनले गरिखानेको छरप्रष्ट छरिएका मकैको दृश्य नियाल्दै गर्दा…… “उता” त्यही ब्यवस्थाले हिजो ललितपुरमा ठेला निषेध गर्यो, अस्ति मजदुरहरु रोजगार बिहिन बनाइ बिदेशिन बाध्य पार्यो भने बर्षौ देखि सुकुम्बासीहरु घरबार बिहिन बनाइरहेको छ । “उता” ९ सयको सामाग्रीमा ब्राण्ड लेपि ९ हजारमा चर्को व्यापार गर्दैगर्दा , ठमेलले पुरा रात आयातित चर्को शुल्ककाे नसामा युवा युवतिका अश्लिल्ता उफार्दै बिकृतिको व्यापार गर्दैगर्दा यहि ब्यवस्था सुरक्षाको पहरा मारिरहेछ । हो “उता” त्यही ब्यवस्था सरकारी जमिन ब्याक्तिगत स्वामित्वमा सार्ने, राष्ट्रिय नदिनाला सन्धिका नाममा बेच्ने र ३०औं भन्दा बढी राष्ट्रिय उधोगहरु कौडिको दरमा बेची राष्ट्रिय अर्थतन्त्र लिलाम गर्ने मान्यवर उपर भिआइपि सम्मानको पहरा र सलामी ठोकिरहेछ । तर “यता” भनाउँदो उन्नत राज्य अनि स्वतन्त्र बालेनको महानगर गरिखाने श्रमिक उपर बिभेदी डण्डा बजार्दै समान उपभोगको अधिकार खोसिरहेछ । माग्ने बेसहारा मगन्ते उपर बन्देज मार्दै कार्वाहिको फर्मान् जारी गरिरहेछ ।

हतास् केही चर्का एजेण्डाकै पछि सेलिब्रेटि जिताउन हाैसिदै समान भै जुट्ने त्यही ब्यवस्था जित लगतै रातारात हुनेखानेको “उता”ब्यवस्था र हुदाखानेको “यता”ब्यवस्था हरुमा बिभक्त्त बन्छ । “उता”ब्यवस्था राष्ट्रघाती दलालहरुको सेवामा पहरा मार्छ भने “यता”ब्यवस्था देशभक्त बिरुद्ध दमनको कोर्रा मार्छ अनि जन्मन्छ ब्यवस्थाको दुरुपयोग भित्र गरिखाने बर्गको मुक्तिको प्रश्न । कैयन सकारात्मक परिवर्तनमा ब्यवस्था सदुपयोग हुँदै अनेक सम्भावनाहरु जन्मिदै गर्दाको वर्तमानका निम्ति माओवादी केन्द्रको आन्दोलनमा तिमी/हामी/सबैले गर्भ गर्दै गर्दा गरिखाने श्रमिक/मजदुर मुक्ती र अवस्था परिवर्तनको प्रश्न सस्तो लोकप्रियता र ब्राण्डिङको बाटोबाट हैन ‘जस्को नीति उसैको नेतृत्व’ बाट मात्र सम्भव छ भनी पुष्टि भएको छ । यहि पुष्ट्याइको जगमा टेकि श्रमजीवी भुइँमान्छेका अधिकार र उचित ब्यवस्थापनद्वारा मात्र ब्यवस्थाको दुरुपयोगले जन्मिएका गरिखाने श्रमिक/मजदुरका अधिकारकाे प्रश्नहरूमा दिर्धकालिन उत्तर बोक्ने हाम्रै पार्टी नेतृत्वमा खोज्नु छ । अत ब्यवस्थाको जन्मदिने माओवादी केन्द्रलाई हुदाखानेहरुको अवस्था परिवर्तनको राष्ट्रिय जिम्मेवारीका निम्ति दुई तिहाई सहित नेतृत्वमा निर्वाचित गर्न आम परिवर्तन पक्षधर जनता, मजदुर, युवा , विद्यार्थी एकजुट बनी बर्गिय मुक्तिको एकमुष्ट उत्तर खोजौ ।
(लेखक नेकपा माओवादी केन्द्र युवा विशेष सम्पर्क कर्णाली सम्याेजक हुन् । )