चितवन, मंसिर २६: बोलेरो दुर्घटना हुँदा चितवनमा दुई जनाकाे मृत्यु भएकाे छ भने १९ जना घाइते भएका छन्। । मृत्यु हुनेमा बोलेरो चालक इच्छाकामना गाउँपालिका ६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको चितवन प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र अन्य ५ जनाको पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको बताइएकाे छ। घाइते मध्ये उपचारत चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ना ४ च ५०५० नं को बोलेरो ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डबाट चण्डिभञ्जाङ राजमार्ग तर्फ आउँदै गर्दा अनियन्त्रित भए दुर्घटना भएको थियाे।
बोलेरो सडक छेउमा रहेको फलामे बिजुलीको पोलमा ठोकिदा करेन्ट सर्ट भइ जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सुर्य थापाले जानकारी दिए ।