बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 22 | 07:35 am 1849

मकवानपुर, असाेज ६ः जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिका–३ स्थित सरिखेतनजिक झिल्किनीमा सोमबार दिउँसो करिब ३ बजे भएको बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय अनुप वाइबा, १३ वर्षीय रिजन तितुङको घटनास्थलमा मृत्यु भएको राक्सिराङ पालिका अध्यक्ष राजकुमार मल्लले बताए । दुर्घटनामा घाइते सोही ठाउँका २७ वर्षीय सुरज शाहीको चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा साँझ ६ बजे मुत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बोलेरो सडकबाट करिब ४० फिट तल खसेकाे बुझिएकाे छ । बोलेरोमा चालकसहित ७ जना रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेकाे छ ।

प्रहरीले बोलेरो चालक राक्सिराङ–५ बस्ने भीषण प्रजालाई नियन्त्रणमा लिएको जनाइएको छ । मनहरी बजारबाट पसलका सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग१ज ७१७५ नम्बर बोलेरो दुर्घटनामा परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.