गोरखा, फागुन २२: गएराति गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमाल रहेको प्रहरीले जानकारी दिएको छ ।
ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा वडा सचिव रिमालको घटनास्थलमै मृत्यु भएको हो।
समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा जिप मोडमा चिप्लिएको अनुमान प्रहरीको छ। बुधवार राति ९ः३० बजे भएको दुर्घटनामा जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।
उक्त दुर्घटनामा परी धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको बताइएको छ ।
घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको समेत प्रहरीले बताएको छ ।