पाल्पा, चैत २४: गएराति पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापा रहेका छन् ।
लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूकाे युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।