बोक्सीको आरोप लगाइ कुटपिट तथा गाली-गलौज गर्ने तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 11 | 09:06 am 2432

दाङ, कात्तिक २६ः बोक्सीको आरोप लगाई गालीगलौच र कुटपिट गर्ने तुलसीपुरमा १ र घोराहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते राति तुलसीपर उपमहानगरपालिका ५ का ३० वर्षीय महिलालाई बोक्सी गाली गलौज गरेको आरोपमा सोही वडाका देवबहादुर परियारलाई प्रहरीले पक्राउ गरी कारर्बाही शुरु गरेको बताइएको छ ।

त्यस्तै, कार्तिक २१ गते घोराही उपमहानगरपालिका १६ का दुई जना महिलालाई बोक्सी लागेको भन्दै धामी झाक्रीको भेषमा काम्दै घरसम्म पुगि गालीगलौज गर्ने सोही वडाकी ४५ वर्षीय नौमती महरा र २८ वर्षीया दिपा बाँठालाई प्रहरीले पक्राउ गरि कारर्बाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए।

मुलुकी अपराध सहिंताको २०७४ को धारा १६८ को १ मा भएको ब्यबस्था अनुशार त्यस्ता ब्यक्तिलाई ५ बर्ष सम्म कैद र ५० हजार रुपैँया सम्म जरीवाना हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.