बोको हराम आक्रमण : मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

रिपोर्ट नेपाल | 2018 Sep 03 | 06:41 pm 2482

कानो, नाइजेरिया, भदौ १८ :  नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ । सेनाले यस पहिले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो ।

“सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकको थप १८ शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको छ,” एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा  बताए ।

सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.