बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

रिपोर्ट नेपाल | 2018 Nov 02 | 12:16 pm 2733

अबुजा, कार्तिक १६: सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन्।

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन्।

स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन्। उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ।

बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।

मारिनेमा कोफाका एक जना धार्मिक नेता पनि रहेको समाचारमा जनाइएको छ । स्थानीयबासिन्दाले लामो समय सम्म गोलीको आवाज सुनेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.