बैदेशिक रोजगार ठगिमा घनश्याम परे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Aug 22 | 06:25 pm 2465

रुपन्देही, भदौ ६: बेरोजगार यूवालाई बिदेश पठाइदिने प्रलोभन दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका स्थित सिमिचौरका घनश्याम अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

गत बर्ष पनि महानगरीय प्रहरी परीसर काठमाडौंले बैदेशिक रोजगारी ठगी मुद्दामै पक्राउ गरेका ४८ वर्षीय घनश्याम अर्याललाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रोशन खड्काले जानकारी दिए ।

ठगी मुद्दामा अर्याललाई जिल्ला अदालत काठमाडौंले २०७४ फागुन ११ गते दुई वर्ष कैद र जरिवानाको फैसला गरेको थियो । पक्राउ परेका अर्याललाई आवश्यक अनुसन्धान र कार्वाहीको लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.