बैतडी, मंसिर ४: बुधबार बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत अवस्थामा फेला परेका छन्।
घरनजिकै कँडेधार भन्ने ठाउँमा ५८ वर्षीय वडा अध्यक्ष चन्द मृत अवस्थामा फेला परेका वडा नम्बर ४ कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।
वडा अध्यक्ष चन्द मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका बुधबार बिहान मृत फेला परेको हो ।
मृतक चन्दको शव बाटोभन्दा केही तल लडेको अवस्थामा फेला परेको प्रहरीले जनाए। प्रहरीको टोली अहिले घटनास्थलमा पुगी सकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।