नयाँ अपडेट

जिप दुर्घटनामा परी बैतडीमा नवबिवाहित दम्पतिसहित ५ को मृत्यु, ५ घाइते

रिपोर्ट नेपाल | 2021 Dec 07 | 08:14 am 1493

बैतडी, मंसिर २१ः बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ केलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई र ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक मनिषा र प्रेमको दश दिन पहिले बिवाह भएको थियो । उनिहरु ससुराली जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो । त्यसैगरी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का मानध्वज भट्टारई, ओमप्रकाश भट्टराईलाई, बिष्णु भट्टराई, दिपक भट्टराई र गोबिन्दी बिक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

जिप सडकबाट २ सय मिटर तल खसेको छ । चालक फरार छन् । चिप्लो सडकका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.