बैठकमा विवाद चल्दा वडाध्यक्षले कुर्ची उचालेर शिक्षककाे टाउकोमा हिर्काए

| 2018 Nov 07 | 03:30 pm 2360

 प्युठान, कात्तिक २१ : प्युठानका एक वडाध्यक्षले यहाँको एक विद्यालयका शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलस बस्नेतले सिद्धिमान एमसीलाई कुटपिट गरेका हुन् ।

जनतामाध्यामिक विद्यालय लिवाङ्ग टिमीचौरका शिक्षक एमसीलाई विद्यालय भित्र अभिभावक भेला बसी रहेको समयमा वडाध्यक्ष बस्नेतले कुटपिट गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

उनले भने–‘अहिले घाइते शिक्षकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । साथै केश फारम गरिदैछ । त्यसपछि उजुरीका लागि बोलाइएको छ ।’ उनका अनुसार बैठक बसिरहेको समयमा केही विवाद चल्दै जाँदा वडाध्यक्ष बस्नेतले कुर्ची उचालेर शिक्षक टाउकोमा हिर्काएका थिए । शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ । तर विवाद बारे केही पनि खुलाइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.