बैठकमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले पत्रकार कुटे

रिपोर्ट नेपाल | 2018 Sep 08 | 11:45 am 2257

चितवन, भदौ २३ : गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न गएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको हो ।

गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उनले बताए ।

यसैबीच घटनाको पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले आज विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू बाहिर निस्किएलगत्तै भित्र घटना भएको भन्दै सोकोे नैतिक जिम्मेवार लिँदै उनले क्षमायाचना गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.